विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त
जलसरोकार
काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा. मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
झण्डै साढे ३ दशकदेखि ऊर्जा क्षेत्रको नीति निर्माणमा सरकार तथा सरोकारवाला क्षेत्रमा योगदान दिँदै आएका धितालले यसअघि पनि आयोगको सदस्यमा करिब ३ वर्ष सदस्यको जिम्मेवारी पूरा गरिसकेका हुन् । यस्तै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरिसकेका डा. अधिकारी पनि नीति निर्माण तथा योजना कार्यान्वयनमा सशक्त व्यक्ति मानिन्छन् ।
दशकौंदेखि ऊर्जा विकासका क्षेत्रमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा समेत योगदान पु¥याउँदै आएका धिताल र अधिकारीलाई अहिले आयोगको छवी थप सुदृढ बनाउन सक्ने अनुहारको रूपमा हेरिएको छ । हालसम्मका उपलब्धिलाई संस्थागत गर्दै सिंगो ऊर्जा विकास तथा निजी क्षेत्रको सहजीकरणमा नयाँ पदाधिकारीले केही ठोस् कदम चाल्नुपर्ने चुनौती पनि थपिएको छ ।
आयोगमा रिक्त अध्यक्षसहित एक महिला र २ सदस्यका लागि भएको प्रतिस्पर्धामा कानुनी विवादका कारण महिला सदस्यको भने नियुक्त हुन नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । अध्यक्षसहित ४ सदस्य रहने आयोगमा एक सदस्य गौतम डंगोल भने जिम्मेवारीमै छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् विकास : समृद्धिसँगै सामाजिक र वातावरणीय जिम्मेवारी
-
अनुमति दिने कार्यालयमा सीमित नरहोस्, आयोजना कार्यान्वयनको सहजकर्ता बनोस् : विद्युत् विकास विभागलाई सचिव दवाडीको निर्देशन
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ