सिँचाइको संकटपछि वर्षाले बचायो धानबाली
जलसरोकार
नवलपरासी: लामो समयदेखि वर्षा नपरेर खडेरीको मारमा परेका नवलपरासी पश्चिमका धानबालीमा पछिल्ला दिनहरूमा परेको वर्षाले नयाँ जीवन दिएको छ । रोपाइँपछि सिँचाइको अभावले सुख्खा भएका खेतमा वर्षा भएपछि हरियाली फर्किएको छ ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ का किसानका अनुसार विगत केही सातादेखि खेत सुक्दै गएको थियो । रोपिएको धानमा पानीको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइन लाग्ने जस्ता समस्या देखिँदा किसान अत्यन्तै चिन्तित थिए । तर, पछिल्ला दिनमा पानी परेपछि धानबाली हरियो भई डाँठ बढ्न थालेको छ । “अब किसानलाई बाँच्ने आशा पलाएको छ,”।
“पानी नहुँदा डाँठ नबढ्ने, गावा मर्ने र रोग फैलिने समस्या थियो । अब खेत चिसो भएको छ, धानमा सुधार देखिएको छ,” कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी उमाशङ्कर पौडेलले भने,
वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी पौडेलका अनुसार बराबर सिँचाइ हुने खेतमा धान स्वस्थ बन्छ, रोगको जोखिम घट्छ र उत्पादन पनि बढ्छ । “धान काटेपछि कात्तिकतिर खेत जोत्न सजिलो हुन्छ, खेतमा बीउ छरेको पनि छिट्टै उम्छ,” उनले भने ।
पछिल्ला तीन दिनको वर्षाले जिल्लाभरिका धानबालीमा हरियाली देखिन थालेको अधिकारी पौडेलले बताए । उनका अनुसार नवलपरासी पश्चिममा करिब २० हजार ४८० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
वर्षा अभावका कारण संकटमा परेका किसानहरू अहिले केही आशावादी देखिएका छन्। तर, वर्षा टिकाउ नहुँदा र सिँचाइ पूर्वाधारको अभाव कायमै रहेकाले उनीहरू अझै पनि पूर्ण रुपमा निश्चिन्त हुन सकेका छैनन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा