कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन
जलसरोकार
पोखरा : पोखरा का पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गर्दै कालीगण्डकी नदी मा र्याफ्टिङ सेवा सुरु गरेका छन् ।
पर्यटन राजधानीका रूपमा चिनिएको पोखरा घुम्न आउने पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले जलजला गाउँपालिका को फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन गरिएको हो ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको टोलीले फर्से–नयाँपुल खण्डमा र्याफ्टिङको औपचारिक शुभारम्भ गरेका हुन् ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई का अनुसार र्याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा सञ्चालन गरिएको र्याफ्टिङ कार्यक्रममा ३८ जनाको सहभागिता रहेको थियो । उनले पोखराबाट करिब दुई घण्टाको सवारी यात्रामा पुग्न सकिने फर्से–नयाँपुल खण्डमा र्याफ्टिङ गर्न आउने पर्यटकले कुश्मा, बागलुङ, बेनी र गलेश्वर जस्ता पर्यटकीय क्षेत्र पनि अवलोकन गर्न सक्ने बताए ।
फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्याफ्टिङ गर्न झन्डै एक घण्टा ३० मिनेट लाग्ने जनाइएको छ । यसअघि पनि समितिले पोखरा भ्रमण वर्षलाई लक्षित गर्दै मर्स्याङ्दी नदी र सेती नदी मा र्याफ्टिङ प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिसकेको छ ।
र्याफ्टिङ रनर कम्पनीका सञ्चालक वीरेन्द्र लामा का अनुसार एकपटकमा एउटा बोटमा आठ जनासम्मले र्याफ्टिङ गर्न सक्ने व्यवस्था छ । विदेशी पर्यटकका लागि नयाँपुलदेखि रिडी सम्म तीन दिनको र्याफ्टिङ प्याकेजसमेत उपलब्ध गराइएको छ ।
र्याफ्टिङका लागि कात्तिक र चैत महिना अनुकूल मानिन्छ । पोखरा उद्योग वाणिज्य सङ्घ का अध्यक्ष गोकर्ण कार्की ले कालीगण्डकी नदीको जलयात्रासँगै पहाडी भूगोल र तटीय क्षेत्रका बस्ती अवलोकन गर्न पाउँदा निकै रोमाञ्चक अनुभव हुने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने