नेपाल विद्युत् प्राधिकरणको इभी खरिद स्पेसिफिकेशनमाथि प्रश्न
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको इन्जिनियरिङ निर्देशनालय मातहतको भवन तथा भौतिक पूर्वाधार निर्माण आयोजनाले खरिद प्रक्रिया अघि बढाएको विद्युतीय सवारी (EV) सम्बन्धी स्पेसिफिकेशनमाथि प्रश्न उठेको छ ।
नेपाल सरकारले नयाँ सवारी साधन खरिद नगरी उपलब्ध सवारी साधनबा६ व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिंदा दिंदै आयोजनाले खरिद प्रक्रिया अघि बढाएपछि विवादमा परेको थियो ।
गाडी खरिदका लागि तयार गरेको प्राविधिक मापदण्डले बजारमा उपलब्ध अधिकांश चर्चित EV मोडललाई बाहिर राख्दै सीमित मोडल मात्रै योग्य हुने अवस्था सिर्जना गरेको भन्दै सरोकारवालाले आशंका व्यक्त गरेका छन् ।
आयोजनाले तयार गरेको स्पेसिफिकेशनमा “Rear Wheel Drive (RWD)” अनिवार्य राखिएको छ । यसका कारण नेपाली बजारमा लोकप्रिय मानिएका BYD Atto 3 र Hyundai Kona Electric जस्ता मोडल प्रारम्भिक चरणमै अयोग्य हुने देखिएको छ, किनकि ती मुख्यतः Front Wheel Drive (FWD) प्रणालीमा आधारित छन् ।
त्यस्तै, स्पेसिफिकेशनमा “Maximum DC Charging Power: More than 150 kW” भन्ने प्रावधान राखिएको छ । जानकारहरूका अनुसार यो शब्दावलीले 150 kW सम्म मात्रै DC fast charging सपोर्ट गर्ने धेरैजसो EV मोडललाई पनि अयोग्य बनाउन सक्छ ।
स्रोतहरूका अनुसार हालको मापदण्ड हेर्दा BYD Sealion 7 मात्रै प्राविधिक रूपमा सहजै योग्य देखिन्छ । उक्त मोडल RWD प्रणालीमा आधारित हुनुका साथै उच्च क्षमताको DC charging support गर्ने वर्गमा पर्छ ।
तर बजार मूल्यको हिसाबले Deepal S07 तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले अन्ततः सोही मोडल खरिदतर्फ प्रक्रिया मोड्न खोजिएको आशंका समेत उठ्न थालेको छ । Deepal S07 पनि RWD प्लेटफर्ममा आधारित भए पनि यसको charging specification सम्बन्धी विषय procurement interpretation मार्फत मिलाउन खोजिएको हुन सक्ने चर्चा छ ।
सार्वजनिक खरिदसम्बन्धी जानकारहरूका अनुसार कुनै एक वा सीमित ब्रान्डलाई अनुकूल हुने गरी स्पेसिफिकेशन बनाइए प्रतिस्पर्धा सीमित हुने र खरिद प्रक्रिया विवादित बन्न सक्ने जोखिम हुन्छ । विशेषगरी “more than 150 kW” जस्तो wording ले प्राविधिक प्रतिस्पर्धालाई अनावश्यक रूपमा साँघुरो बनाउने उनीहरूको भनाइ छ ।
ऊर्जा क्षेत्रका एक जानकारले भने, “यदि संस्थागत आवश्यकता नै RWD र 150 kW भन्दा माथिको charging हो भने त्यसको स्पष्ट प्राविधिक औचित्य देखिनुपर्छ । अन्यथा यसले predetermined model फिट गर्न specification बनाइएको आशंका जन्माउँछ ।”
प्राधिकरणले भने हालसम्म उक्त स्पेसिफिकेशनबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
आयोजना प्रमुख अनिलभक्त श्रेष्ठको विशेष पहल र अघिल्ला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको अनुमतिमा गाडी आयात गर्न लागिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने