पियोर इनर्जीको आईपीओ बाँडफाँट
जलसरोकार
काठमाडौं : पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा कुल १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो ।
उनीहरुलाई आईपीओ बाँडफाँटका लागि गरिएको गोलाप्रथाबाट बल नम्बर ८ छनोट भएको थियो । १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.४ प्रतिशत हो ।
बाँकी १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका आवेदन खोलेको हो । सोही सेयर बाँडफाँट गरिएको छ । यसको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य