पियोर इनर्जीको आईपीओ बाँडफाँट
जलसरोकार
काठमाडौं : पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा कुल १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो ।
उनीहरुलाई आईपीओ बाँडफाँटका लागि गरिएको गोलाप्रथाबाट बल नम्बर ८ छनोट भएको थियो । १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.४ प्रतिशत हो ।
बाँकी १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका आवेदन खोलेको हो । सोही सेयर बाँडफाँट गरिएको छ । यसको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव
-
मुस्ताङको चैले र चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु
-
आज देशभर मौसम मुख्यतया सफा