ओखरपौवा–तिनपिप्ले २२० केभी प्रसारण लाइनको प्रारम्भिक पर्यावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले ओखरपौवा–तिनपिप्ले २२० केभी प्रसारण लाइन आयोजनाको प्रारम्भिक पर्यावरणीय परीक्षण (आईईई) सम्बन्धी सार्वजनिक सुनुवाइ गर्ने भएको छ । प्राधिकरणले पुस २१ गते मंगलबार सार्वजनिक सूचना जारी गर्दै सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो ।
ट्रिशूली ३द्य हब – मातातीर्थ २२० केभी प्रसारण लाइनको टावर नम्बर ३७÷२ बाट ‘ट्यापिङ’ गरी प्रस्तावित प्रसारण लाइन निर्माण गरिने र सो लाइन तिनपिप्ले सबस्टेसनसम्म जोडिनेछ । आयोजनाले काठमाडौँको तारकेश्वर नगरपालिका–३ (कोट गाउँ), नुवाकोटको ककनी गाउँपालिका–१ तथा धादिङको धुनिवेसी नगरपालिका–१ क्षेत्रलाई प्रभावित गर्ने अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार प्रसारण लाइन र सबस्टेसन निर्माणका क्रममा भौतिक वातावरण, रासायनिक तथा जैविक वातावरण, सामाजिक–आर्थिक पक्ष र सांस्कृतिक क्षेत्रहरूमा पर्न सक्ने प्रभावको अध्ययनसमेत समेटेर प्रारम्भिक पर्यावरणीय परीक्षण प्रतिवेदनको मसौदा तयार गरिएको छ ।
त्यही मसौदाका आधारमा आयोजना क्षेत्रभित्र सार्वजनिक सुनुवाइ कार्यक्रम तय गरिएको छ । पहिलो सुनुवाइ यहिँ पुस २८ गते बिहान ११ः०० बजे तारकेश्वर नगरपालिका–३, कोट गाउँस्थित प्रस्तावित तिनपिप्ले सबस्टेसन नजिकको चौतारोमा हुनेछ । दोस्रो सुनुवाइ पुस २९ गते बिहान ११ः०० बजे धुनिवेसी नगरपालिका–१, सुंखडा गाउँस्थित सवेश्वर मन्दिर परिसरमा आयोजना गरिने प्राधिकरणले जनाएको छ।
सुनुवाइमा उठेका सुझाव–परामर्श तथा सरोकारवालाहरूको प्रश्नहरु आईईई प्रतिवेदनमा समेटिने प्राधिकरणले जनाएको छ । उक्त प्रक्रिया वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार अघि बढाइनेछ।
प्राधिकरणले आयोजनासँग सरोकार राख्ने सबै पक्षलाई तोकिएको मिति, स्थान र समयमा उपस्थित भई आफ्ना सुझाव राख्न आग्रह समेत गरेको छ ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार