आधा बूढीगण्डकी (५८५ मेगावाट) बनाउन पुग्ने पैसा प्रदेश सरकारहरुले खाए
जलसरोकार
काठमाडौं : प्रदेशका सरकारहरुले यो वर्षको वैशाख मसान्तसम्म ५८५ मेगावाट जलविद्युत् आयोजना बनाउन पुग्ने पैसा खर्च गरेका छन् ।
उनीहरुले २०८२ वैशाख मसान्तसम्म १ खर्ब १७ अर्ब रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । प्रतिमेगावाट २० करोड रुपैयाँका दरले ५८५ मेगावाटको जलविद्युत् निर्माण गर्न १ खर्ब १७ अर्ब रुपैयाँ लाग्छ ।
२ खर्ब ५९ अर्ब रुपैयाँको बूढीगण्डकी (१२०० मेगावाट) रकम अभावका कारण ४१ वर्षदेखि अलपत्र छ । बूढीगण्डकीको पूर्व सम्भाव्यता अध्ययन तत्कालीन श्री ५ को सरकारले २०४१ सालमा गरेको थियो ।
देश विकासमा लगाउनुपर्ने पैसा प्रदेशका सांसद, मन्त्री, प्रदेश प्रमुखहरुका तलब, भत्ता, घोडागाडीमै सकिने गरेका छन् ।
देशमा कुलेखानीबाहेक अन्य जलाशययुक्त आयोजना नभएका कारण हरेक हिउँदयाममा भारतबाट बिजुली आयात गर्नु परिरहेको छ ।
राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्थाबारेको विवरणअनुसार समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै