आधा बूढीगण्डकी (५८५ मेगावाट) बनाउन पुग्ने पैसा प्रदेश सरकारहरुले खाए
जलसरोकार
काठमाडौं : प्रदेशका सरकारहरुले यो वर्षको वैशाख मसान्तसम्म ५८५ मेगावाट जलविद्युत् आयोजना बनाउन पुग्ने पैसा खर्च गरेका छन् ।
उनीहरुले २०८२ वैशाख मसान्तसम्म १ खर्ब १७ अर्ब रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । प्रतिमेगावाट २० करोड रुपैयाँका दरले ५८५ मेगावाटको जलविद्युत् निर्माण गर्न १ खर्ब १७ अर्ब रुपैयाँ लाग्छ ।
२ खर्ब ५९ अर्ब रुपैयाँको बूढीगण्डकी (१२०० मेगावाट) रकम अभावका कारण ४१ वर्षदेखि अलपत्र छ । बूढीगण्डकीको पूर्व सम्भाव्यता अध्ययन तत्कालीन श्री ५ को सरकारले २०४१ सालमा गरेको थियो ।
देश विकासमा लगाउनुपर्ने पैसा प्रदेशका सांसद, मन्त्री, प्रदेश प्रमुखहरुका तलब, भत्ता, घोडागाडीमै सकिने गरेका छन् ।
देशमा कुलेखानीबाहेक अन्य जलाशययुक्त आयोजना नभएका कारण हरेक हिउँदयाममा भारतबाट बिजुली आयात गर्नु परिरहेको छ ।
राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्थाबारेको विवरणअनुसार समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो