कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै विरोध प्रदर्शन
जलसरोकार
काठमाडौं ः सरकारले कुलमान घिसिङलाई नेपाल विद्यु्त् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि निरन्तर विरोध प्रदर्शन भइरहेका छन् । यतिबेला सडकमा कुलमानलाई पुनर्बहालीको माग गर्दै आन्दोलनका लागि ‘कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति’ गठन भइसकेको छ ।
उक्त समितिले आइतबार सरकारको निर्णयको विरोध र कुलमानलाई पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
यही ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
आफूलाई अवैधानिक तरिकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयका विरुद्धमा घिसिङ सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उनलाई अन्तरिम आदेश दिन अस्वीकार गर्यो । अदालतले हितेन्द्रदेव शाक्यको मुद्दा जीवित रहेकाले अन्तरिम दिन सकिएन भन्याे ।
उज्यालो नेपालका नायक कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन गरिएको एक संयुक्त आन्दोलन परिचालन समितिले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्