जगदुल्ला हाइड्रोको परामर्शदातामा पाँच अन्तर्राष्ट्रिय कम्पनीका प्रस्ताव

काठमाडौं : जगदुल्ला हाइड्रोपावर (१०६ मेगावाट) को परामर्शदाताका लागि पाँच अन्तर्राष्ट्रिय कम्पनीको प्रस्ताव परेका छन् ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका सीइओ सञ्जय सापकोटका अनुसार आगामी तिहारपछि परामर्शदाता छनौट हुनेछ ।
डोल्पामा निर्माण हुने उक्त आयोजनाको परामर्शदाताका दुईवटा चिनिया, दुईवटा भारतीय र एक अष्ट्रेलियन कम्पनीको प्रस्ताव परेको सीइओ सापकोटाले बताए ।
उनका अनुसार स्मेक इन्टरनेशनल अष्ट्रेलिया र नेपालको इटेको नेपाल हाइड्रो कन्सल्टको संयुक्त उपक्रम (SMEC/ITECO/HCE JV), चिङ युआन इन्जिनियरिङ कन्सल्ट्यान्ट लिमिटेड चीन, चाइना नर्थ वाटर कन्साभेन्सी एण्ड हाइड्रोपावर इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनी लिमिटेड, चीनसँग नेपालको जेड कन्सल्टको संयुक्त उपक्रम (QYEC/NWHC/JADE JV) को प्रस्ताव परेको छ ।
त्यसैगरी पिनि ग्रुप साउथ अफ्रिकाको संयुक्त उपक्रममा भारतको इनर्जी इन्फ्राटेक प्राइभेट लिमिटेड (PINI/EIPL JV), भारतको वाप्कोससँग टर्कीको डोल्सार इन्जिनियरिङ (WAPCOSS/DOLSAR JV) र चीनको एल्लो रिभर इन्जिनियरिङ कन्सल्टेन्सीसँग नेपालको ईआरएमसीको संयुक्त उपक्रम (YELLORIVER/ERMC JV) छ ।
यसअघि जगदुल्ला हाइड्रोले सिभिल र इलेक्ट्रमेकानिकलको ठेकेदार नियुक्ति प्रक्रिया सुरु गरिसकेको छ ।
कम्पनीले गत जेठ २ गते वित्तीय व्यवस्थापन गरिसकेको छ । यो जलविद्युत्मा नबिल बैंकको नेतृत्वमा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोष, लक्ष्मी–सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्दैछन् ।
करिब २३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यो आयोजनामा १५ अर्ब ९० करोड रुपैयाँको ऋण स्वीकृत भइसकेको छ भने यसको स्वपुँजी (इक्वीटी) को अंश ७ अर्ब १० करोड रुपैयाँ छ ।
कर्णाली प्रदेशको डोल्पास्थित जगदुल्ला नदीमा बन्न लागेको यो परियोजना नेपालको पानी जनताको लगानी अवधारणामा नेपाली जनताको लगानीमा पहिलोपटक बन्न लागेको हो । ऋण सम्झौता सम्पन्न भएसँगै चालू आर्थिक वर्षदेखि नै आयोजना निर्माणको काम अघि बढ्ने र आगामी ५ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता