जगदुल्ला हाइड्रोको परामर्शदातामा पाँच अन्तर्राष्ट्रिय कम्पनीका प्रस्ताव
जलसरोकार
काठमाडौं : जगदुल्ला हाइड्रोपावर (१०६ मेगावाट) को परामर्शदाताका लागि पाँच अन्तर्राष्ट्रिय कम्पनीको प्रस्ताव परेका छन् ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका सीइओ सञ्जय सापकोटका अनुसार आगामी तिहारपछि परामर्शदाता छनौट हुनेछ ।
डोल्पामा निर्माण हुने उक्त आयोजनाको परामर्शदाताका दुईवटा चिनिया, दुईवटा भारतीय र एक अष्ट्रेलियन कम्पनीको प्रस्ताव परेको सीइओ सापकोटाले बताए ।
उनका अनुसार स्मेक इन्टरनेशनल अष्ट्रेलिया र नेपालको इटेको नेपाल हाइड्रो कन्सल्टको संयुक्त उपक्रम (SMEC/ITECO/HCE JV), चिङ युआन इन्जिनियरिङ कन्सल्ट्यान्ट लिमिटेड चीन, चाइना नर्थ वाटर कन्साभेन्सी एण्ड हाइड्रोपावर इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनी लिमिटेड, चीनसँग नेपालको जेड कन्सल्टको संयुक्त उपक्रम (QYEC/NWHC/JADE JV) को प्रस्ताव परेको छ ।
त्यसैगरी पिनि ग्रुप साउथ अफ्रिकाको संयुक्त उपक्रममा भारतको इनर्जी इन्फ्राटेक प्राइभेट लिमिटेड (PINI/EIPL JV), भारतको वाप्कोससँग टर्कीको डोल्सार इन्जिनियरिङ (WAPCOSS/DOLSAR JV) र चीनको एल्लो रिभर इन्जिनियरिङ कन्सल्टेन्सीसँग नेपालको ईआरएमसीको संयुक्त उपक्रम (YELLORIVER/ERMC JV) छ ।
यसअघि जगदुल्ला हाइड्रोले सिभिल र इलेक्ट्रमेकानिकलको ठेकेदार नियुक्ति प्रक्रिया सुरु गरिसकेको छ ।
कम्पनीले गत जेठ २ गते वित्तीय व्यवस्थापन गरिसकेको छ । यो जलविद्युत्मा नबिल बैंकको नेतृत्वमा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोष, लक्ष्मी–सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्दैछन् ।
करिब २३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यो आयोजनामा १५ अर्ब ९० करोड रुपैयाँको ऋण स्वीकृत भइसकेको छ भने यसको स्वपुँजी (इक्वीटी) को अंश ७ अर्ब १० करोड रुपैयाँ छ ।
कर्णाली प्रदेशको डोल्पास्थित जगदुल्ला नदीमा बन्न लागेको यो परियोजना नेपालको पानी जनताको लगानी अवधारणामा नेपाली जनताको लगानीमा पहिलोपटक बन्न लागेको हो । ऋण सम्झौता सम्पन्न भएसँगै चालू आर्थिक वर्षदेखि नै आयोजना निर्माणको काम अघि बढ्ने र आगामी ५ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्