विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रमा संरचना निर्माण र रुख रोप्न निषेध
जलसरोकार
काठमाडौँ: सरकारले एमसीए–नेपालले निर्माण गर्न लागेको ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रमा संरचना निर्माण र रुख रोप्न निषेध गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिए ।
सरकारको निर्णयअनुसार नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने प्रसारण लाइनको मध्यरेखाबाट दायाँबायाँ २३–२३ मिटर भित्र पर्ने करिब १३८१ हेक्टर जग्गामा कुनै पनि प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न पाईनेछैन् ।
एमसीए–नेपाल (मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल) अन्तर्गत निर्माण हुन लागेको यो प्रसारणलाइन परियोजना अमेरिकी सहयोग कार्यक्रम ‘एमसीसी कम्प्याक्ट’अन्तर्गतको प्रमुख पूर्वाधार परियोजनामध्ये एक हो ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्