विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रमा संरचना निर्माण र रुख रोप्न निषेध
जलसरोकार
काठमाडौँ: सरकारले एमसीए–नेपालले निर्माण गर्न लागेको ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रमा संरचना निर्माण र रुख रोप्न निषेध गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिए ।
सरकारको निर्णयअनुसार नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने प्रसारण लाइनको मध्यरेखाबाट दायाँबायाँ २३–२३ मिटर भित्र पर्ने करिब १३८१ हेक्टर जग्गामा कुनै पनि प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न पाईनेछैन् ।
एमसीए–नेपाल (मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल) अन्तर्गत निर्माण हुन लागेको यो प्रसारणलाइन परियोजना अमेरिकी सहयोग कार्यक्रम ‘एमसीसी कम्प्याक्ट’अन्तर्गतको प्रमुख पूर्वाधार परियोजनामध्ये एक हो ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा