सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

"बिजुली आफैं उत्पादन गर्नुस्, प्रसारण लाइन पनि आफैं बनाउनुहोस्, अनि बजार पनि आफैं खोज्नुस्" — नेविप्राका कार्यकारी निर्देशक शाक्यको कड्को

जलसरोकार
शुक्रबार, साउन १६, २०८२ | २१:२०:२३ बजे

काठमाडौं :  "बिजुली आफैं उत्पादन गर्नुस्, प्रसारण लाइन पनि आफैं बनाउनुहोस्, अनि बजार पनि आफैं खोज्नुस्।" — यो भनाइ नेपाल विद्युत् प्राधिकरण का कार्यकारी निर्देशक (एमडी) हितेन्द्र देव शाक्यको हो, जो ऊर्जा उद्यमीहरूसामु एक प्रकारको व्यङ्ग्य मिसिएको यथार्थ व्यक्त गरिरहेका थिए।

शाक्यले आज  शुक्रबार  २१६ मेगावाटको बझाङ सेतीको होटेल एभरेष्टमा आयोजित वित्तीय व्यवस्थापन समाराेहमा बजेटमा उठाइएको विद्युत् खरिदसम्बन्धी अंशले आफूहरूले भोगिरहेको ‘मनको पीडा’लाई बुझेको महसुस गराएको बताए। उनले वर्तमान अवस्था चित्रण गर्दै भने, “देशमा न त पर्याप्त आन्तरिक माग छ, न त प्रसारण लाइन पुग्ने पहुँच, र न त भारततर्फको व्यापारिक बजार सुनिश्चित छ।”

यही कार्यक्रममा ऊर्जा मन्त्री दीपक खड्काले “विद्युत खपत हुँदैन भन्नेहरू कुतर्कमा नलाग्न” आग्रह गर्दै आन्तरिक खपतको सम्भावना र आवश्यकताबारे आशावादी धारणा प्रस्तुत गरेका थिए। तर शाक्यले सोही मञ्चबाट वास्तविक अवस्था प्रस्तुत गर्दै मन्त्रीकै तर्कलाई व्यावहारिक अवरोधहरूको ऐनामा प्रस्तुत गरे।

शाक्यले भारतको विद्युत व्यापार नीतिको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरे। उनले भने, “यदि कुनै आयोजनामा भू-सिमाना नजोडिएको तेस्रो मुलुकको  ठेक्कासम्म संलग्नता देखियो भने, भारतले त्यस्तो आयोजना निर्माण भएपछि समेत बिजुली नकिन्ने सम्भावना रहन्छ।” 

यस्तो चेतावनीले ऊर्जाक्षेत्रका लगानीकर्ताहरूलाई थप सतर्क बनाएको देखिएको छ।

कार्यक्रममा सहभागी ऊर्जा उद्यमीहरू भने शाक्यको तिक्त यथार्थप्रति स्तब्ध देखिए। उनीहरूको अनुहारमा सरकारी नीति, बजार सुनिश्चितता, र प्राधिकरणको भूमिकाप्रति गहिरो निराशा झल्किरहेको थियो।

नेपालमा हाल सौर्य, जलविद्युत् लगायत वैकल्पिक ऊर्जा उत्पादनका आयोजनाहरू तीव्र गतिमा अगाडि बढाइँदै छन्। तर प्रसारण लाइनको अभाव, भारतसँगको विद्युत व्यापारमा स्पष्टता नहुनु, र आन्तरिक मागको सीमितता जस्ता कारणले ऊर्जाक्षेत्रको विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

प्रकाशित मिति : शुक्रबार, साउन १६, २०८२ | २१:२०:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया