टीयु क्रिकेट मैदान मंसिरभित्र तयार गर्नुहोस्, यो देशको मुटु हो, बजेटको कमी हुन दिन्नौं : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौँ, : आउँदो नेपाल प्रिमियर लिग (एनपिएल) नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत निरीक्षण गर्दै मैदानको काम चाँडो पूरा गर्न निर्देशनसमेत दिएका छन् ।
मन्त्री घिसिङले निरीक्षणपछि भने, “एनपिएल सुरु हुन अब धेरै समय छैन, त्यसैले निर्माण कम्पनीले पहिलो चरणको काम मंसिरभित्रै सक्नुपर्छ ।”
मैदानको प्याराफिट निर्माण लगभग पूरा भएको छ भने फ्लड लाइट जडान कार्य करिब एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
मन्त्री घिसिङले मैदानको संरचना, फ्लड लाइट टावर, दर्शक दीर्घा र अन्य प्राविधिक पक्षको अवलोकन गरेका थिए । मन्त्री घिसिङले टीयु क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको खेलकुद परियोजनाका रूपमा लिने तयारी भइरहेको उल्लेख गर्दै भने, “यो देशको क्रिकेटको मुटु हो, बजेट र स्रोतको कमी हुन दिइँदैन ।”
यता, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आगामी दुई-तीन हप्ताभित्र टीयु मैदानले नयाँ रूप लिने बताएका छन् । उनले भने, “हाम्रो तयारी अन्तिम चरणमा पुगेका छौ । मंसिर १ गतेदेखि सुरु हुने एनपिएलका सबै खेल टीयुमै हुनेछन्,” उनले भने ।
टीयु मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्याराफिट र फ्लड लाइट जडान कार्यको सम्झौता २०८१ फागुनमा भएको थियो । तोकिएको समयभित्र निर्माण सम्पन्न नहुँदा म्याद थप गरिएको र अहिले निर्माण कम्पनीले निरन्तर काम गरिरहेको क्यानले जनाएको छ ।
मन्त्री घिसिङको निरीक्षणपछि निर्माण कम्पनीले थप मजदुर परिचालन गर्ने छ र उपकरण विस्तार गरेर कामलाई द्रुत गतिमा अघि बढाउने स्रोतले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’