टीयु क्रिकेट मैदान मंसिरभित्र तयार गर्नुहोस्, यो देशको मुटु हो, बजेटको कमी हुन दिन्नौं : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौँ, : आउँदो नेपाल प्रिमियर लिग (एनपिएल) नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत निरीक्षण गर्दै मैदानको काम चाँडो पूरा गर्न निर्देशनसमेत दिएका छन् ।
मन्त्री घिसिङले निरीक्षणपछि भने, “एनपिएल सुरु हुन अब धेरै समय छैन, त्यसैले निर्माण कम्पनीले पहिलो चरणको काम मंसिरभित्रै सक्नुपर्छ ।”
मैदानको प्याराफिट निर्माण लगभग पूरा भएको छ भने फ्लड लाइट जडान कार्य करिब एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
मन्त्री घिसिङले मैदानको संरचना, फ्लड लाइट टावर, दर्शक दीर्घा र अन्य प्राविधिक पक्षको अवलोकन गरेका थिए । मन्त्री घिसिङले टीयु क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको खेलकुद परियोजनाका रूपमा लिने तयारी भइरहेको उल्लेख गर्दै भने, “यो देशको क्रिकेटको मुटु हो, बजेट र स्रोतको कमी हुन दिइँदैन ।”
यता, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आगामी दुई-तीन हप्ताभित्र टीयु मैदानले नयाँ रूप लिने बताएका छन् । उनले भने, “हाम्रो तयारी अन्तिम चरणमा पुगेका छौ । मंसिर १ गतेदेखि सुरु हुने एनपिएलका सबै खेल टीयुमै हुनेछन्,” उनले भने ।
टीयु मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्याराफिट र फ्लड लाइट जडान कार्यको सम्झौता २०८१ फागुनमा भएको थियो । तोकिएको समयभित्र निर्माण सम्पन्न नहुँदा म्याद थप गरिएको र अहिले निर्माण कम्पनीले निरन्तर काम गरिरहेको क्यानले जनाएको छ ।
मन्त्री घिसिङको निरीक्षणपछि निर्माण कम्पनीले थप मजदुर परिचालन गर्ने छ र उपकरण विस्तार गरेर कामलाई द्रुत गतिमा अघि बढाउने स्रोतले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी