रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
जलसरोकार
काठमाडौं : बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ ।
प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको हो । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको छ ।
साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न मेसिनको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ ।
आवश्यक प्राविधिक सहयोग प्राप्त भएमा आज साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको छ ।
बाढीबाट प्रभावित तथा तत्काल राष्ट्रिय विद्युत् प्रणालीमा जोड्न सम्भव नहुने अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जालगायतका वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।
बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा नियमित विद्युत् आपूर्ति पुनःस्थापनाको कामलाई अघि बढाउँदै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्