बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी
जलसरोकार
गोरखा : गोरखामा बूढीगण्डकी नदीमा आधारित दुई ठूला जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले जानकारी दिए ।
उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो । कम्पनीले बूढीगण्डकी ‘क’ आयोजना करिब ३१ अर्ब ३२ करोड रुपैयाँ र बूढीगण्डकी ‘ख’ आयोजना करिब ५६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण गर्ने योजना बनाएको छ ।
बूढीगण्डकी ‘क’ आयोजना अन्तर्गत धार्चे गाउँपालिका–३ लुस्याङमा बाँध बाँधेर करिब चार किलोमिटर लामो सुरुङमार्फत पानी माछाखोलामा पु¥याई विद्युत् गृह निर्माण गरिनेछ । रन अफ द रिभर प्रविधिमा आधारित यस आयोजनामा १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । यहाँ उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर लामो प्रसारण लाइनमार्फत बूढीगण्डकी ‘ख’ आयोजनामा जोडिनेछ ।
यस्तै, बूढीगण्डकी ‘ख’ आयोजनाको बाँध धार्चे गाउँपालिका–७ खानीबेंसीमा निर्माण गरिनेछ । त्यहाँबाट ९ दशमलव ५ किलोमिटर लामो सुरुङ हुँदै सोतीमा विद्युत् गृह स्थापना गरिने योजना छ । यस आयोजनाबाट १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ ।
इञ्जिनियर मगरका अनुसार दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । “भूकम्पअघि गरिएको सर्वेक्षणलाई आधार मानेर भूकम्पपछि आएको भू–गर्भीय परिवर्तनको अवस्था समेट्दै अन्तिम सर्वेक्षणको काम भइरहेको छ,” उनले भने, “आउँदो सुक्खायामदेखि निर्माण सुरु गर्ने तयारी छ ।”
दुवै आयोजनाबाट उत्पादन हुने तथा बूढीगण्डकी ‘क’ बाट हस्तान्तरण हुने गरी कुल ३२९ दशमलव ४ मेगावाट विद्युत् धादिङको लापा क्षेत्रमा रहेको सबस्टेसनमा १८ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइनमार्फत जोडिनेछ । यी आयोजनाले गोरखासहित समग्र राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेख्य योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार