कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट, सबैभन्दा धेरै हुम्लामा

-lg-1753072221.jpg)
कर्णाली: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने नीति अनुसार तुइनको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लाबाट प्राप्त विवरणअनुसार हालसम्म ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा कर्णालीलाई तुइनमुक्त प्रदेश बनाउने लक्ष्य राखेको छ। यही योजनाअनुसार झोलुङ्गे पुल निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
हुम्लामा सबैभन्दा धेरै तुइन
सङ्कलन गरिएको विवरणअनुसार कर्णालीका जिल्लामध्ये सबैभन्दा धेरै तुइन हुम्ला जिल्लामा १५ वटा रहेको उल्लेख छ । तीमध्ये ६ वटा तुइन कर्णाली नदीमाथि रहेका छन् । त्यसैगरी, कालीकोटमा १२ वटा, जाजरकोटमा १२ वटा, सुर्खेतमा ८ वटा,
डोल्पामा ३ वटा, दैलेख र मुगुमा २÷२ वटा तुइन रहेको विवरणमा उल्लेख छ ।
यद्यपि, दैलेख, जुम्ला र रुकुम पश्चिमबाट भने विवरण प्राप्त भइसकेको छैन ।
प्रदेश सरकारले तुइन विस्थापन गरेर त्यसको सट्टामा सुरक्षित झोलुङ्गे पुल निर्माण गर्ने योजना अघि सारेको छ । जोखिमयुक्त आवत–जावत हटाएर नागरिकको जीवन रक्षा गर्ने उद्देश्यसहित योजना कार्यान्वयनमा ल्याइएको हो ।
मन्त्रालयका प्रवक्ता सुवेदीले आवश्यक प्रक्रिया पूरा गरी प्राथमिकताका आधारमा तुइन विस्थापन र पुल निर्माण गरिने जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ