कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट, सबैभन्दा धेरै हुम्लामा
जलसरोकार
कर्णाली: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने नीति अनुसार तुइनको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लाबाट प्राप्त विवरणअनुसार हालसम्म ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा कर्णालीलाई तुइनमुक्त प्रदेश बनाउने लक्ष्य राखेको छ। यही योजनाअनुसार झोलुङ्गे पुल निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
हुम्लामा सबैभन्दा धेरै तुइन
सङ्कलन गरिएको विवरणअनुसार कर्णालीका जिल्लामध्ये सबैभन्दा धेरै तुइन हुम्ला जिल्लामा १५ वटा रहेको उल्लेख छ । तीमध्ये ६ वटा तुइन कर्णाली नदीमाथि रहेका छन् । त्यसैगरी, कालीकोटमा १२ वटा, जाजरकोटमा १२ वटा, सुर्खेतमा ८ वटा,
डोल्पामा ३ वटा, दैलेख र मुगुमा २÷२ वटा तुइन रहेको विवरणमा उल्लेख छ ।
यद्यपि, दैलेख, जुम्ला र रुकुम पश्चिमबाट भने विवरण प्राप्त भइसकेको छैन ।
प्रदेश सरकारले तुइन विस्थापन गरेर त्यसको सट्टामा सुरक्षित झोलुङ्गे पुल निर्माण गर्ने योजना अघि सारेको छ । जोखिमयुक्त आवत–जावत हटाएर नागरिकको जीवन रक्षा गर्ने उद्देश्यसहित योजना कार्यान्वयनमा ल्याइएको हो ।
मन्त्रालयका प्रवक्ता सुवेदीले आवश्यक प्रक्रिया पूरा गरी प्राथमिकताका आधारमा तुइन विस्थापन र पुल निर्माण गरिने जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य