नलगाड हाइड्रोकाे सिईओमा जाजरकोटका प्रकाश शाही
जलसरोकार
काठमाडौं–नलगाड हाइड्रोपावर प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा प्रकाशबहादुर शाही छनोट भएका छन् । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको छनौट गर्न गठित उप–समितिले जाजरकोटका शाहीलाई छनाेट गरेको हो ।
एक सूचना जारी गर्दै कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० को दफा ७ (१३) बमोजिम प्रमुख कार्यकारी अधिकृतको पदमा शाहीलाई सिफारिस गरिएको जनाएको छ । शाही ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतका जिल्लाबासी समेत हुन् । समितिले वैकल्पिक उम्मेद्वारका रुपमा काठमाडौंका देवेन्द्र केसीको नाम सिफारिस गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्