एचआइडीसीएलको सीइओमा प्रजेशविक्रम थापा
जलसरोकार
काडमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा प्रजेशविक्रम थापा नियुक्त भएका छन् ।
चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) का प्रमुख कार्यकारी अधिकृत रहेका थापालाई एचआईडीसीएल सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
एचआईडीसीएलका सीइओ अर्जुनकुमार गौतमको पदावधि सकिएपछि कम्पनीले गत चैत १५ गते एचआइडीसीएलले प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनअनुसार छनौट समितिले थापालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
एचआइडीसीएलले हिजो प्रकाशन गरेको सूचनाअनुसार वैकल्पिक उम्मेदवारका रुपमा अरुण रजौरिया परेका छन् । रजौरिया एचआइडीसीएलको स्थापनाकालदेखि डेपुटी सीइओको रुपमा कार्यरत छन् ।
नवनियुक्त सीइओ थापा मेकानिकल इन्जिनियर हुन् । उनले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत्मा काम गरेका थिए । नेपालको जलविद्युत्मा उनको २५ वर्षभन्दा बढीको योगदान छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्