प्रबल अधिकारी ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त
जलसरोकार
काठमाडौं : नेपाल सरकार (मन्त्रिपरिषद्) ले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान उपकार्यकारी निर्देशक प्रबल अधिकारीलाई ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको हिजो बसेको बैठकले ऊर्जाविद् अधिकारीलाई विशिष्ट श्रेणी सरहको विज्ञमा नियुक्त गरेको हो । अधिकारीलाई ऊर्जा मन्त्री दीपक खड्काले ऊर्जा सचिव, सहसचिव लगायतका पदाधिकारीहरुको उपस्थितिमा आजै नियुक्तीको पत्र दिएर मन्त्रालयमा स्वागत गरेका थिए ।
अधिकारीले आजैबाट कार्यभार सम्हालेको जलसरोकारलाई बताए ।

मुलुकको विद्युत् ऊर्जा क्षेत्रमा तीन दशक लामो कार्य गरेका अधिकारी गत पुसमा प्राधिकरणको १२ औं तहको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका थिए ।
ऊर्जा, द्विपक्षीय तथा बहुपक्षीय ऊर्जा रणनीति, सीमापार विद्युत् व्यापारका जानिफकार अधिकारी मुलुकको ऊर्जासम्बन्धी विषयमा स्रोत व्यक्तिको रुपमा मानिन्छन् । उनले झन्डै एक दशक प्राधिकरणको विद्युत् व्यापार विभागको विभागीय प्रमुखको जिम्मेवारी सफलताका साथ निर्वाह गरेका थिए ।
इलेक्ट्रिकल इन्जिनियरिङ गरेका अधिकारी लेखक, साहित्यकार तथा कवि पनि हुन् । कोरोनाकालमा उनले लेखेको ‘कात्रोमा गोजी हुँदैन’ कविता चर्चित थियो ।
लेख, पढ, अध्ययन र अनुसन्धानमा दत्तचित्त रहने अधिकारीलाई नेपालको मात्र नभई ऊर्जा क्षेत्रको वैश्विक स्थिति, रणनीतिक मूल्य–मान्यता र नेपालले चाल्नुपर्ने कदमका बारेमा रणनीति तर्जुमा गर्न विशेष खुबी राख्छन् ।
विशेष गरेर नेपाल भारत ऊर्जा व्यापार, सीमापार अन्तर्देशीय विद्युत् प्रसारण संरचना निर्माणका विषयमा भारतसित हुने वार्ता तथा बैठकमा अधिकारीको प्रमुख भूमिका रहँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले