ग्रिड कम्पनी र एनएचपीसीबीच पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रसारण सम्झौता
जलसरोकार
काठमाडौँ -राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रसारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ ।
सरकारले प्रसारण लाइन निर्माणका लागि खडा गरेको ग्रीड कम्पनीले बनाउने प्रसारण लाइनबाट बिजुली लैजान सम्झौता-पत्रमा सोमवार काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।
एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रीड कम्पनीले बनाएको प्रसारणलाइन प्रयोग गरेर लैजाने गरी सम्झौता भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितमा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग सम्झौता भएको छ ।
पश्चिम सेती ७५० मेगावाट क्षमता भएको आयोजना हो । सोही आयोजना नजिकैबाट ग्रीड कम्पनीले प्रसारणलाइन बनाइरहेको छ । ग्रीड कम्पनीकै प्रसारणलाइमा ह्वीलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो ।
पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ । एनएचपीसीले दोधारा–बरेली ४०० केभी प्रसारणलाइनमार्फत भारत बिजुली लैजानेछ ।
२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्