उपत्यकाका झण्डै एक सय स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने
जलसरोकार
काठमाडौं : उपत्यकाका काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको १३२ के.भी. प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजना, मातातीर्थले जारी गरेको सूचनाअनुसार स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रबाट आपूर्ति हुँदै आएका क्षेत्रहरूमा विद्युत् काटिनेछ।
शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ४ घण्टा विद्युत् अवरुद्ध रहनेछ।
सूचनामा कुलेश्वर वितरण केन्द्रका ५३ स्थान, कीर्तिपुरका ११ स्थान, रत्नपार्कका २० स्थान र पुल्चोकका १४ स्थान गरी कुल ९८ स्थान प्रभावित हुने उल्लेख छ।
उक्त अवरोध स्युचाटार सबस्टेशनमा रहेको १३२ के.भी. बसलाई सटडाउनमा राखी मर्मत तथा स्तरोन्नति गर्ने कामका लागि गरिएको हो। सो क्रममा सबस्टेशनको मर्मतसम्भार तथा अपग्रेडिङ कार्यसमेत गरिनेछ।
नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आवश्यक तयारी गर्न र असुविधाप्रति क्षमा गर्न आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य