उपत्यकाका १२ स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने
जलसरोकार
काठमाडौं : भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा असोज १५ गतेदेखि २६ गतेसम्म चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गरिनेछ ।
सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत विद्युत् लाइन सञ्चालनमा ल्याउने तथा हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक कार्य गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल–बौथली क्षेत्र, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र र १७ गते मुलपानी क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुनेछ ।
त्यस्तै, असोज १८ गते गर्जुधारा, २० गते मुलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी र २४ गते सिफल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ ।
यसैगरी असोज २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र तथा २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरी भूमिगत विद्युत् वितरण प्रणालीसम्बन्धी काम गरिनेछ ।
निर्धारित समयअनुसार विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरी आवश्यक काम सम्पन्न गरिने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई सोहीअनुसार आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सिँचाईं विभाग सार्ने खेल : पढाइ नपुगेकाको बुद्धि
-
राष्ट्रिय प्रसारण ग्रिडको शुल्क तोकियो, मेगावाटमा मासिक ४ लाख १३ हजार
-
तीन दिनको गिरावटपछि नेप्सेमा झिनो सुधार, कारोबार ४ अर्ब ८९ करोड
-
दसैँमा नयाँ नोट साट्न छुट्टै मिति कुर्न नपर्ने, राष्ट्र बैंकले नियमित सेवाबाटै वितरण गर्ने
-
रिज लाइन इनर्जीले १०.५२ प्रतिशत नगद लाभांश दिने
-
उपत्यकामा इन्डक्सन चुलो बाल्दा तीन हजार मेगावाट विद्युत् आवश्यक पर्ने