जनकपुर क्षेत्रको विद्युत् आपूर्ति चालू्
जलसरोकार
काठमाडौं : धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएर प्रभावित भएको विद्युत् आपूर्ति पुनः चालू भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले समस्याग्रस्त पावर ट्रान्सफर्मर पुनःस्थापना नगरेसम्मका लागि भारतबाट थप बिजुली ल्याएर आपूर्ति व्यवस्थापन गरेको हो ।
प्राधिकरणको मधेस प्रादेशिक कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरका अनुसार तत्काल उक्त ट्रान्सफर्मर मर्मत नहुने र त्यसलाई विस्थापन गरी अर्काे ट्रान्सफर्मर नहालेसम्मका लागि भारतबाट बिजुली ल्याइएको छ ।
प्राधिकरणले भारतको सीतमढी नजिक सुरसण्डबाट १२ मेगावाट, लोहरपट्टीबाट २५ मेगावाट र सिन्धुलीबाट १० मेगावाटको बिजुली ल्याएर धनुषा, महोत्तरी र सिन्धुलीमा आपूर्ति गरेको ठाकुरले बताए ।
‘ट्रान्सफर्मर फेर्न १५ दिन जति लाग्छ,’ ठाकुरले जलसरोकारसँग शुक्रबार भने, ‘भारतबाट आयात गर्नुको विकल्प थिएन, कम्तीमा लोडसेडिङ गर्नुपरेन, हामीले हिजै बिजुली आपूर्ति गरिसक्यौं ।’
विगतमा यस्तै सवस्टेशनमा राखिएका पावर ट्रान्सफर्मर जलेर बिग्रँदा प्राधिकरणले ती क्षेत्रमा लोडसेडिङ नै गर्ने गथ्र्याे ।
ढल्केबर सबस्टेसनमा रहेको १३२÷३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये गत मंगलबार बेलुकाबाट एउटामा समस्या आएको थियो । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभिए लोड काटिएको थियो ।
यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको थियो ।
ठाकुरका अनुसार बत्ती नहुँदा प्राधिकरणको एक लाख ग्राहक प्रभावित भएका थिए । भारतको ३३ केभीबाट बिजुली ल्याउन प्राधिकरणकै कर्मचारीहरुले भारत गएर रुखका हाँगा काटी प्रसारण लाइनलाई अवरोधविहीन तुल्याइएको ठाकुरले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा