बाढीपहिरोले काभ्रेका अधिकांश क्षेत्रको विद्युत् सेवा प्रभावित, आजदेखि पूर्ण सुचारु हुने तयारी
जलसरोकार
काभ्रे : हालको भारी वर्षा र बाढी-पहिरोका कारण काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा विद्युत् आपूर्तिमा अवरोध आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ र आजदेखि अधिकांश स्थानमा सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
प्राधिकरणद्वारा प्राप्त जानकारी अनुसार खानीखोला गाउँपालिकाको सम्पूर्ण क्षेत्र, महाभारत गाउँपालिकाका सबै वडामा, र रोशी गाउँपालिकाका १२ वटामध्ये ९ वटा वडामा विद्युत् सेवा अवरुद्ध भएको छ।
त्यस्तै, पनौती नगरपालिकामा तीनवटा ट्रान्सफर्मर बाहेक सबै क्षेत्र अन्धकारमा परेका छन् भने बेथानचोक गाउँपालिकाका तीन वडामा भने विद्युत् आपूर्ति पुनः सुचारु गरिएको छ।
विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरूले अवरुद्ध लाइन मर्मत तथा ट्रान्सफर्मर प्रतिस्थापनको काम जारी राखेका छन्। अब हावापानी सामान्य रहेमा आजसम्म सम्पूर्ण क्षेत्रको विद्युत् सेवा पुनः बहाल हुने सम्भावना प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा