बाढीपहिरोले काभ्रेका अधिकांश क्षेत्रको विद्युत् सेवा प्रभावित, आजदेखि पूर्ण सुचारु हुने तयारी
जलसरोकार
काभ्रे : हालको भारी वर्षा र बाढी-पहिरोका कारण काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा विद्युत् आपूर्तिमा अवरोध आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ र आजदेखि अधिकांश स्थानमा सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
प्राधिकरणद्वारा प्राप्त जानकारी अनुसार खानीखोला गाउँपालिकाको सम्पूर्ण क्षेत्र, महाभारत गाउँपालिकाका सबै वडामा, र रोशी गाउँपालिकाका १२ वटामध्ये ९ वटा वडामा विद्युत् सेवा अवरुद्ध भएको छ।
त्यस्तै, पनौती नगरपालिकामा तीनवटा ट्रान्सफर्मर बाहेक सबै क्षेत्र अन्धकारमा परेका छन् भने बेथानचोक गाउँपालिकाका तीन वडामा भने विद्युत् आपूर्ति पुनः सुचारु गरिएको छ।
विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरूले अवरुद्ध लाइन मर्मत तथा ट्रान्सफर्मर प्रतिस्थापनको काम जारी राखेका छन्। अब हावापानी सामान्य रहेमा आजसम्म सम्पूर्ण क्षेत्रको विद्युत् सेवा पुनः बहाल हुने सम्भावना प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्