चट्याङपछि अवरुद्ध विद्युत् सेवा पुनः सुचारु
जलसरोकार
रसुवा, : चट्याङका कारण अवरुद्ध बनेको यहाँको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न स्थानमा जडान गरिएका ट्रान्सफर्मर उपकरणमा क्षति पुर्याएपछि विद्युत् आपूर्ति प्रभावित भएको थियो ।
नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका अनुसार क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सुचारु गरिएको हो । प्राधिकरणका प्राविधिक प्रमुख कुमार घले ले चट्याङका कारण चारवटा ट्रान्सफर्मरमा क्षति पुगेको जानकारी दिनुभयो। मौज्दात रहेका नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्ति पुनः सुरु गरिएको उनले बताए ।
चट्याङका कारण उत्तरगया गाउँपालिका को माझगाउँ, गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिका को बहुङडाँडा गोल्जुङ तथा पुरानो तातोपानी क्षेत्रमा रहेका ट्रान्सफर्मरमा क्षति पुगेको थियो। ट्रान्सफर्मरमा क्षति पुग्दा धुन्चे क्षेत्रमा पनि विद्युत् सेवामा समस्या देखिएको थियो ।
जिल्लामा करिब १० हजार ६०० विद्युत् ग्राहक रहेका छन्। ट्रान्सफर्मर मर्मत तथा प्रतिस्थापनका लागि तत्काल प्राविधिक टोली परिचालन गरिएको शाखा प्रमुख गुञ्जमान तामाङ ले जानकारी दिनुभयो। जिल्लाभर एकैपटक समस्या देखिँदा सबै स्थानमा प्राविधिक पुर्याउन चुनौती भएको उनले बताए ।
जिल्ला विद्युत् उत्पादनका हिसाबले महत्त्वपूर्ण क्षेत्र भए पनि निरन्तर विद्युत् आपूर्ति हुन नसकेको स्थानीयको गुनासो रहेको छ। टिमुरे, रसुवागढी, खैदी तथा थुमन क्षेत्रको विद्युत् सेवा भने रसुवागढी जलविद्युत् आयोजना मार्फत विस्तार गरिएको छ ।
प्राधिकरणले आपत्कालीन अवस्थाका लागि आवश्यक उपकरण मौज्दात राखिएको जनाएको छ । विपद्का समयमा विद्युत् सेवा छिटो पुनः सञ्चालन गर्न सधैँ तयारी अवस्थामा रहने शाखा प्रमुख तामाङले बताउनुभयो। जिल्लामा मासिक करिब डेढ करोड रुपैयाँबराबर विद्युत् महसुल सङ्कलन हुने गरेको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने