मार्किचोक सबस्टेसनमा ट्रान्सफर्मर बिग्रिँदा तनहुँ, गोरखा र चितवनका केही क्षेत्रमा विद्युत् अवरुद्ध
जलसरोकार
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न भएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो ।
उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवन जिल्लाका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको छ । टोलीले राति १२ः४५ बजे लाइन पुनः सञ्चालनमा ल्याए पनि फेरि अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान ६ः४७ बजे ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले जानकारी दिए ।
उनका अनुसार वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ । साथै, ट्रान्सफर्मर मर्मत गर्न सकिने अवस्था भए मर्मत गर्ने, अन्यथा आवश्यक परे नयाँ ट्रान्सफर्मर प्रतिस्थापन गर्ने तयारी गरिएको छ ।
हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको काम गरिरहेको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जगदुल्ला जलविद्युत् आयोजनामा ऊर्जामन्त्री श्रेष्ठको चासो, समयमै सम्पन्न गर्न निर्देशन
-
आदिवासी तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग
-
नेप्से १२.३६ अंकले घट्यो, कारोबार रकम भने सामान्य बढ्यो
-
बबई लिफ्टिङ आयोजना थप ६ महिना लम्बियो
-
सुन–चाँदीको मूल्य बढ्यो,आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान