विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
जलसरोकार
सिरहा,: नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रले यहाँ रहेको ३३ केभी विष्णुपुर फिडरको विष्णुपुर–लहान सडकखण्डमा १० दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
सो खण्डमा ‘कण्डक्टर’ स्तरोन्नति गर्नुपर्ने भएकाले मङ्गलबारदेखि फागुन १ गतेसम्म विद्युत् अवरुद्ध हुने केन्द्रले जनाएको हो ।
यस फिडरअन्तर्गतका स्थानमा मङ्गलबार बिहान ७ देखि अपराह्न १ बजेसम्म तथा सार्वजनिक बिदाको दिनमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन हुनेछ ।
वितरण केन्द्रका अनुसार विष्णुपुर सवस्टेशनबाट सञ्चालित सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध हुनेछ । निर्धारित समयअघि नै काम सम्पन्न भएमा सोहीअनुसार सूचना जारी भई सेवाबारे जानकारी दिइने वितरण केन्द्रले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव