कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : देशका हिमाली तथा पहाडी भू–भागमा आज सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली तथा तराईका भू–भागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
यसैबीच, उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको छ। उक्त प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसममा आएको परिवर्तनका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन तथा वर्षा, मेघगर्जन र चट्याङको समयमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
वीरगन्ज भन्सारले एक महिनामा उठायो रु २३ अर्ब ४६ करोड राजस्व
-
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द