बूढीगण्डकी बनाउन राजनीतिक समझदारी आवश्यक
जलसरोकार
गोरखा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवकोे बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् ।
गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए । जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले आयोजनाको ‘मेडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे । । ‘‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ,” आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले भने, ।
“बूढीगण्डकी आयोजना निर्माणमा ढिलाई हुँदा जनतालाई धेरै पीडा भइरहेको छ,” उनले भने, “यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौ ।” सङ्घीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरुका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा