कुलेखानी जलविद्युत् तेस्रो मर्मतपछि विद्युत उत्पादन सुरु
जलसरोकार
मकवानपर: यहाँको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतपछि विद्युत् उत्पादन सुरु गरिएको छ ।
विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केहीदिन अघिदेखि विद्युत् गृह बन्द गरिएको थियो । कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रसन्न मुनि ताम्राकारले बताए ।

उक्त विद्युत् केन्द्रमा रहेको दुई वटा टर्वाइन लगातार सञ्चालन भइरहँदा एउटा टर्वाइनमा ठोकिएर ठूलो आवाज आइरहेकाले तत्काल बन्द गरेर चिनियाँ कम्पनीका प्राविधिकमार्फत मर्मत सुरु गरिएको ताम्राकारले जानकारी दिए ।
टर्वाइन मेसिन सञ्चालन आएको केही घण्टा पछिदेखि साविकमा उत्पादित १४ मेगावाट विद्युत्को केन्द्रीय ग्रिडमा जोडिने आयोजना कार्यालयले जनाएको छ । कुलेखानी पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै