फेदीखोला हाइड्रोपावरले १७ लाख ६० हजार कित्ता शेयर सार्वजनिक गर्ने
जलसरोकार
काठमाडौं: फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (आईपीओ) मार्फत १७ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको अधिकृत तथा जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ । यसमध्ये जारी पूँजीको २२ प्रतिशत बराबरको १७ करोड ६० लाख रुपैयाँका दरले प्रति अंकित मूल्य १०० रुपैयाँका साधारण शेयर सार्वजनिक गरिनेछ ।
फेदीखोला हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणका लागि तोकिएअनुसार आईपीओ जारी गर्ने जनाएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता २०८२ कार्तिक २६ गते सम्पन्न भएको हा । सम्झौता–पत्रमा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।
भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुङ) खोलामा निर्माणाधीन ४.३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र आयोजनालाई २०८२ माघभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
प्रबन्ध सञ्चालक दुलालका अनुसार, नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी सकेपछि आईपीओ निष्काशनको कार्य छिटो अघि बढाइनेछ । उनले आयोजनाको निर्माण कार्य योजनाबद्ध रूपमा तिव्र गतिमा भइरहेको पनि जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै