एक महिनामै १ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
भद्रपुर: चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात ३.६ प्रतिशतले बढेको छ । आयातसँगै राजस्व संकलन पनि ११.८ प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजारले वृद्धि भई कुल ७४ करोड ८३ लाख ३२ हजार पुगेको छ ।
उक्त अवधिमा ८ हजार ९०४ किलोलिटर पेट्रोल ७७ करोड ३ लाख रुपैयाँ मूल्य बराबरमा आयात भएको छ भने ४ हजार ६७६ किलोलिटर डिजेल ४४ करोड ११ लाख रुपैयाँमा आयात गरिएको छ । त्यस्तै, १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास २० करोड ३ लाख, ७९२ किलोलिटर एटीएफ ७ करोड ३ लाख र १२८ किलोलिटर मट्टितेल १ करोड १३ लाख रुपैयाँमा आयात भएको कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी