एक महिनामै १ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
भद्रपुर: चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात ३.६ प्रतिशतले बढेको छ । आयातसँगै राजस्व संकलन पनि ११.८ प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजारले वृद्धि भई कुल ७४ करोड ८३ लाख ३२ हजार पुगेको छ ।
उक्त अवधिमा ८ हजार ९०४ किलोलिटर पेट्रोल ७७ करोड ३ लाख रुपैयाँ मूल्य बराबरमा आयात भएको छ भने ४ हजार ६७६ किलोलिटर डिजेल ४४ करोड ११ लाख रुपैयाँमा आयात गरिएको छ । त्यस्तै, १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास २० करोड ३ लाख, ७९२ किलोलिटर एटीएफ ७ करोड ३ लाख र १२८ किलोलिटर मट्टितेल १ करोड १३ लाख रुपैयाँमा आयात भएको कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य