ङादी ग्रुप पावरलाई हकप्रद शेयर निष्काशन अनुमति
जलसरोकार
काठमाडौं : नेपाल धितोपत्र बोर्डले पछिल्लोपटक ङादी ग्रुप पावर लिमिटेडले १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले सोमबार उक्त कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
बोर्डले १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न स्वीकृत गरेको कम्पनीको वेभसाइटमा छ । बोर्डको स्वीकृतिसँगै अब कम्पनीले १:१ को अनुपातमा शेयर निष्काशन गर्नेछ ।
कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको बोर्डले जनाएको छ ।
कम्पनीअन्तर्गत लमजुङमा सिउरी खोला जलविद्युत् (४.९५ मेगावाट) सञ्चालित छ । कम्पनीले २०६९ मंसिरदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्