ङादी ग्रुप पावरलाई हकप्रद शेयर निष्काशन अनुमति
जलसरोकार
काठमाडौं : नेपाल धितोपत्र बोर्डले पछिल्लोपटक ङादी ग्रुप पावर लिमिटेडले १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले सोमबार उक्त कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
बोर्डले १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न स्वीकृत गरेको कम्पनीको वेभसाइटमा छ । बोर्डको स्वीकृतिसँगै अब कम्पनीले १:१ को अनुपातमा शेयर निष्काशन गर्नेछ ।
कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको बोर्डले जनाएको छ ।
कम्पनीअन्तर्गत लमजुङमा सिउरी खोला जलविद्युत् (४.९५ मेगावाट) सञ्चालित छ । कम्पनीले २०६९ मंसिरदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?