पञ्चकन्या समूहको उजुरी खारेज, विद्युत् प्राधिकरणको बक्यौता उठाउने अधिकार कायम
जलसरोकार
काठमाडौँ: विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई वैधानिक ठहर गर्दै सदर गरेको छ । पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलले दर्ता गराएका उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने प्रक्रिया सही रहेकाले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको हो ।
उक्त दुई उद्योगले लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइनमार्फत लिएको विद्युत् महशुल तिर्न अटेर गरेपछि प्राधिकरणले २१ दिनको समय दिएर कात्तिक ४ र ५ गते उनीहरूको लाइन काटेको थियो । सोही निर्णयविरुद्ध उद्योगहरूले पहिलो किस्ता बुझाउँदै आयोगमा पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसहित पाँच सदस्यीय इजलाशमा सुनुवाइ सम्पन्न भएको थियो । प्राधिकरणका तर्फबाट राजकुमार पोखरेल, रमेशकुमार घिमिरे र तुलाराम गिरीले बहस गरेका थिए भने उद्योग तर्फबाट रोजन खड्का उपस्थित भएका थिए ।
सुनुवाइपछि आयोगले प्राधिकरणले कानुनी प्रावधानअनुसार महशुल निर्धारण गरेको र तोकिएको समयभित्र भुक्तानी नभएपछि लाइन काट्नुअघि गरिएको कारबाही पनि कानुनसम्मत रहेको ठहर गरेको छ । आयोगको निर्णयमाथि असन्तुष्टि भए उद्योगीले अदालत जाने व्यवस्था रहेको समेत आयोगले स्पष्ट पारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्