पञ्चकन्या समूहको उजुरी खारेज, विद्युत् प्राधिकरणको बक्यौता उठाउने अधिकार कायम
जलसरोकार
काठमाडौँ: विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई वैधानिक ठहर गर्दै सदर गरेको छ । पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलले दर्ता गराएका उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने प्रक्रिया सही रहेकाले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको हो ।
उक्त दुई उद्योगले लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइनमार्फत लिएको विद्युत् महशुल तिर्न अटेर गरेपछि प्राधिकरणले २१ दिनको समय दिएर कात्तिक ४ र ५ गते उनीहरूको लाइन काटेको थियो । सोही निर्णयविरुद्ध उद्योगहरूले पहिलो किस्ता बुझाउँदै आयोगमा पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसहित पाँच सदस्यीय इजलाशमा सुनुवाइ सम्पन्न भएको थियो । प्राधिकरणका तर्फबाट राजकुमार पोखरेल, रमेशकुमार घिमिरे र तुलाराम गिरीले बहस गरेका थिए भने उद्योग तर्फबाट रोजन खड्का उपस्थित भएका थिए ।
सुनुवाइपछि आयोगले प्राधिकरणले कानुनी प्रावधानअनुसार महशुल निर्धारण गरेको र तोकिएको समयभित्र भुक्तानी नभएपछि लाइन काट्नुअघि गरिएको कारबाही पनि कानुनसम्मत रहेको ठहर गरेको छ । आयोगको निर्णयमाथि असन्तुष्टि भए उद्योगीले अदालत जाने व्यवस्था रहेको समेत आयोगले स्पष्ट पारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी