किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोडभन्दा बढी मुआब्जा वितरण
जलसरोकार
सङ्खुवासभा : किमाथाङ्का अरुण जलविद्युत् आयोजना बाट प्रभावित स्थानीयलाई हालसम्म १८ करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ।
भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको उक्त आयोजनाबाट प्रभावित बासिन्दालाई गत चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत घाङ्री लामाले जानकारी दिए ।
हालसम्म आयोजना प्रभावित क्षेत्रका २६ जना जग्गाधनीले करिब १८ करोड रुपैयाँ मुआब्जा प्राप्त गरिसकेको आयोजनाका प्रबन्धक अशोक पण्डितले बताए ।
आयोजनाका अनुसार प्रभावित स्थानीयलाई करिब ४५ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेछ। यो रकम आयोजना निर्माणका लागि अधिग्रहण गरिएका जग्गाधनीहरूलाई प्रदान गरिनेछ।
गत २०८२ पुस ८ गते बसेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभा को बैठकले जग्गाको मूल्याङ्कन प्रतिरोपनी अधिकतम ६ लाख ९० हजार रुपैयाँसम्म तोकेको थियो।
आयोजना निर्माणस्थल क्षेत्रमा साविक भोटखोला–१, ३, ४ र ६ नम्बर वडामा पर्ने करिब ७०० रोपनी जग्गा अधिग्रहणमा परेको छ। यसबाट करिब १५० घरधुरी प्रभावित हुनेछन्।
उक्त आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेड ले निर्माण गरिरहेको छ। भोटखोला–२ चेपुवामा रहेको अरुण नदी को पानी करिब ६ किलोमिटर सुरुङमार्गमार्फत विद्युत् गृहस्थल लिङ्गामा लगेर विद्युत् उत्पादन गरिनेछ।
करिब ९३ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ। आयोजना निर्माण सुरु भएको मितिदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्