कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात
जलसरोकार
काठमाडौं: चीनसँग जोडिएको लोमान्थाङस्थित कोरलानाकाबाट पहिलो पटक ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात सुरु भएको छ । भन्सार विभागको प्रक्रिया पूरा गरी भित्रिएका एक सय भन्दा बढी विद्युतीय सवारी हाल न्हेचुङ भन्सार कार्यालयमा राखिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट करिब ५०० भन्दा बढी बीवाइडी कम्पनीका सवारी ल्याइने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले आठ दिनअघि मात्रै खोलिएको यस नाकाबाट हालसम्म एक सय भन्दा बढी सवारी भित्रिएको जानकारी दिए ।
यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने योजना थियो । तर, बाढी–पहिरोका कारण ती नाका अवरुद्ध भएपछि कोरलालाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको हो । “चिनियाँ भन्सारमा जाँचपास भएपनि नेपाली भन्सार प्रक्रियाबाट पनि ती सवारी पार हुन्छन्,” प्रजिअ भुसालले बताए ।
विद्युतीय सवारी भित्रिए पनि चार्जिङ स्टेशनको अभाव प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताए ।
यस नाकाबाट विद्युतीय गाडी मात्र नभई चाडपर्व लक्षित लत्ता कपडा, विद्युतीय सामग्री र कस्मेटिक सामान समेत आयातको तयारी गरिएको छ । हालसम्म केही मझौला मालवाहक कन्टेनर पनि चीनतर्फबाट न्हेचुङ पुगेका छन् । भन्सार कार्यालयका अनुसार ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरलानाका आइपुगेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य