मंगलबार सेयर बजार ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार घटेको छ । नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ ।
सोमबार १३ अर्ब १८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा पाँच अर्ब ५३ करोड रूपैयाँ कमी आएको हो । आज ३०६ वटा धितोपत्रको एक करोड ६४ लाख ७७५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ । यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९७ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, बुटवल पावरको मूल्य ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८२८ रूपैयाँ ९८ पैसा पुगेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ४.६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार १५७ रूपैयाँ १० पैसामा झरेको छ ।
यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ३.९४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५५८ रूपैयाँ कायम भएको छ । मंगलबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६४८ रूपैयाँमा ७४ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३३ रूपैयाँमा ६० करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यसदिन माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा