जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मंगलबार सेयर बजार ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम

जलसरोकार
मंगलबार, असार ०३, २०८२ | १६:३१:२७ बजे

 

काठमाडौं: मंगलबार सेयर बजार घटेको छ । नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ ।

सोमबार १३ अर्ब १८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा पाँच अर्ब ५३ करोड रूपैयाँ कमी आएको हो । आज ३०६ वटा धितोपत्रको एक करोड ६४ लाख ७७५ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ । यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९७ रूपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, बुटवल पावरको मूल्य ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८२८ रूपैयाँ ९८ पैसा पुगेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ४.६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार १५७ रूपैयाँ १० पैसामा झरेको छ ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ३.९४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५५८ रूपैयाँ कायम भएको छ । मंगलबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ६४८ रूपैयाँमा ७४ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३३ रूपैयाँमा ६० करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।  यसदिन माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले बढेको छ।

प्रकाशित मिति : मंगलबार, असार ०३, २०८२ | १६:३१:२७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया