सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौं: आज बिहीबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला रु १ लाख ९४ हजार ८ सय पुगेको छ । अघिल्लो दिन सुनको मूल्य रु १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।
यसरी एकैदिनमा तोलामा रु १,३०० ले वृद्धि भएको हो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र अमेरिकी डलरको भाउमा उतारचढाव आउनुले सुनको मूल्य प्रभावित भएको व्यवसायीहरूको भनाइ छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला रु २,२५५ मा कारोबार भएको चाँदी आज बढेर रु २,२९० पुगेको महासंघले जनाएको छ। यो प्रतितोलामा रु ३५ ले वृद्धि भएको हो ।
नेपालमा सुन–चाँदीको मूल्य सिंगापुरस्थित अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मानेर तोक्ने गरिन्छ । त्यसमा विनिमय दरको उतारचढाव र आयात लागतले पनि मूल्य निर्धारणमा प्रभाव पार्ने गर्दछ।
सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूले मूल्य वृद्धिले खुद्रा बजारमा आभूषण खरिद बिक्रीमा प्रभाव पारेको उल्लेख गरेका छन् । मूल्य बढेसँगै दैनिक कारोबारमा कमी आउने गरेको भए पनि लगानीकर्ताले भने सुनलाई अझै सुरक्षित विकल्पका रूपमा हेरिरहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य