राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ
जलसरोकार
काठमाडौँ : राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण लिएका छन् ।
आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त भएका श्रेष्ठले मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण लिएका हुन् ।
उनलाई कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथ ग्रहण गराएका थिए । यसअघि उहाँ ललितपुरस्थित जनकपुर इञ्जिनीयर कलेजको प्रिन्सिपल थिए । उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।
शपथग्रहण समारोहमा ऊर्जामन्त्री खड्काले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्रसारण लाइनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिए ।
मन्त्री खड्काले कतिपय जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जानुपर्ने अवस्था सिर्जना भएको भन्दै अब त्यस्तो समस्या उत्पन्न हुन नदिनेगरी काम गर्न निर्देशन दिए ।
कम्पनीका अध्यक्ष एवं मन्त्रालयका सचिव आचार्यले मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण लाइन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न निर्देशन दिए ।
आरपिजीसियलका नवनियुक्त सिईओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीलाई अगाडि बढाउन आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्ने उनको भनाइ थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
गाउँमा आएन डिपबोरिङमा पानी
-
देशका केही हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
-
ऊर्जा तथा जलस्रोत नीति निर्माणमा सक्रिय हुने रास्वपा विभागको निर्णय
-
नेप्से १९.७० अंकले बढ्यो, कारोबार रकम भने घट्यो
-
नोटबन्दीको चर्चा बीच अर्थमन्त्री वाग्लेकाे स्पष्टिकरण : भ्रष्टाचार नियन्त्रणकाे विकल्प नोटबन्दी होइन
-
आगामी बजेटलाई परिणाममुखी बनाउन योजना आयोगको ‘चेकलिस्ट’, मन्त्रालयसँग प्रारम्भिक छलफल सुरु