विद्युत् नियमन आयोगको अध्यक्षमा ८ तथा सदस्यमा ११ जनाको उम्मेदवारी
जलसरोकार
काठमाडौँ - विद्युत् नियमन आयोगको अध्यक्ष तथा सदस्य पदका लागि क्रमशः ८ र ११ जनाको उम्मेदवारी परेको छ । आवदेन दिने अन्तिम दिन आज अध्यक्ष का लागि ८ जना तथा सदस्यमा लागि ११ जनाको उम्मेदवारी परेको हो । अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंहसहित डा. रामप्रसाद धिताल, डा. मधुसुधन अधिकारी, अर्जुनजंग थापा, मोतिबहादुर कुँवर, कुशेश्वरप्रसाद साहु, चन्द्रसिंह साउद र कृष्णसिंह बस्नेत ले उम्मेदवारी दिएका छन् ।
सदस्यका लागि जयराज भण्डारी, चुणामणि चापागाईं, मधुसुदन अधिकारी सुरेशबहादुर भट्ट, भागिरथी भट्टराई ज्ञवाली, कृष्ण सिंह बस्नेत, शकुन्तला ढकाल मरहठ्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साहु, डा. सूर्यकुमार सापकोटा र जेनी पुरीले उम्मेदवारी दिएका छन् ।
विद्युत् नियमन आयोग ऐन अनुसार आयोगमा एक अध्यक्षसहित ४ जना सदस्य रहने व्यवस्था छ । हाल, गौतम डंगोल सदस्यमा बाहल नै रहेको हुँदा योग्यता, विज्ञता र अनुभवका आधारमा उल्लिखित उम्मेदहरूबाट एक अध्यक्ष र ३ सदस्य चयन हुनेछन् ।
आयोगमा पदाधिकारीको पदावधि वैशाख २५ गते सकिएको हुँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत वैशाख २६ गते सूचना प्रकाशित गरी योग्य उम्मेदवारबाट आवेदन माग गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी