विद्युत् नियमन आयोगको अध्यक्षमा ८ तथा सदस्यमा ११ जनाको उम्मेदवारी
जलसरोकार
काठमाडौँ - विद्युत् नियमन आयोगको अध्यक्ष तथा सदस्य पदका लागि क्रमशः ८ र ११ जनाको उम्मेदवारी परेको छ । आवदेन दिने अन्तिम दिन आज अध्यक्ष का लागि ८ जना तथा सदस्यमा लागि ११ जनाको उम्मेदवारी परेको हो । अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंहसहित डा. रामप्रसाद धिताल, डा. मधुसुधन अधिकारी, अर्जुनजंग थापा, मोतिबहादुर कुँवर, कुशेश्वरप्रसाद साहु, चन्द्रसिंह साउद र कृष्णसिंह बस्नेत ले उम्मेदवारी दिएका छन् ।
सदस्यका लागि जयराज भण्डारी, चुणामणि चापागाईं, मधुसुदन अधिकारी सुरेशबहादुर भट्ट, भागिरथी भट्टराई ज्ञवाली, कृष्ण सिंह बस्नेत, शकुन्तला ढकाल मरहठ्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साहु, डा. सूर्यकुमार सापकोटा र जेनी पुरीले उम्मेदवारी दिएका छन् ।
विद्युत् नियमन आयोग ऐन अनुसार आयोगमा एक अध्यक्षसहित ४ जना सदस्य रहने व्यवस्था छ । हाल, गौतम डंगोल सदस्यमा बाहल नै रहेको हुँदा योग्यता, विज्ञता र अनुभवका आधारमा उल्लिखित उम्मेदहरूबाट एक अध्यक्ष र ३ सदस्य चयन हुनेछन् ।
आयोगमा पदाधिकारीको पदावधि वैशाख २५ गते सकिएको हुँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत वैशाख २६ गते सूचना प्रकाशित गरी योग्य उम्मेदवारबाट आवेदन माग गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्