एनमबि बैंकको एक्यान सदस्य लक्षित विशेष वित्तीय सेवा
जलसरोकार
काठमाडौं : एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता गरेको छ ।
एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्ष्यित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ ।
उक्त सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य–आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको बैंकले जनाएको छ ।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवद्र्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।
एक्यानसदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिने विज्ञप्तिमा छ । उक्त प्रयास एनएमबि बैंकको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरुलाई पहुँचयोग्य तथा दीगो बैंकिङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब रहेको बैंकले जनाएको छ ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य