एनएमबी बैंकको नाफा ३ अर्ब २८ करोड
जलसरोकार
काठमाडौं: एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ । सार्वजनिक विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८०÷८१ मा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब २४ करोड रुपैयाँभन्दा झन्डै ४७ प्रतिशत बढी हो ।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा ११ प्रतिशत वृद्धि हुनु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफा बढाउन मुख्य भूमिका खेलेको हो । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, इम्पेरिमेन्ट चार्ज अघिल्लो वर्ष २ अर्ब ३ करोड रुपैयाँ रहेकामा गत आवमा घटेर ९५ करोड रुपैयाँमा सीमित भएको छ ।
गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यसअनुसार प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
यद्यपि, निष्क्रिय कर्जा (ल्एी) भने सामान्य रूपमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.४० प्रतिशत रहेकामा यस वर्ष ३.७२ प्रतिशत पुगेको छ । हाल बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा कायम छ ।
बैंकले आगामी दिनमा कर्जा व्यवस्थापन सुधार, लगानीको विविधीकरण र जोखिम न्यूनीकरणमा ध्यान दिँदै नाफा वृद्धिको दरलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा