एनएमबी बैंकको नाफा ३ अर्ब २८ करोड
जलसरोकार
काठमाडौं: एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ । सार्वजनिक विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८०÷८१ मा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब २४ करोड रुपैयाँभन्दा झन्डै ४७ प्रतिशत बढी हो ।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा ११ प्रतिशत वृद्धि हुनु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफा बढाउन मुख्य भूमिका खेलेको हो । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, इम्पेरिमेन्ट चार्ज अघिल्लो वर्ष २ अर्ब ३ करोड रुपैयाँ रहेकामा गत आवमा घटेर ९५ करोड रुपैयाँमा सीमित भएको छ ।
गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यसअनुसार प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
यद्यपि, निष्क्रिय कर्जा (ल्एी) भने सामान्य रूपमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.४० प्रतिशत रहेकामा यस वर्ष ३.७२ प्रतिशत पुगेको छ । हाल बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा कायम छ ।
बैंकले आगामी दिनमा कर्जा व्यवस्थापन सुधार, लगानीको विविधीकरण र जोखिम न्यूनीकरणमा ध्यान दिँदै नाफा वृद्धिको दरलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य