एनएमबी बैंकको नयाँ ईभी ऋण योजना, ७.१३ प्रतिशत ब्याजदरमा उपलब्ध
जलसरोकार
काठमाडौँ : एनएमबी बैंकले आगामी उत्सवलाई लक्षित गरी नयाँ अटो लोन (ईभी लोन) योजना सार्वजनिक गरेको छ । बैंकले ७.१३ प्रतिशत वार्षिक ब्याजदरमा विद्युतिय सवारी साधन खरिदका लागि विशेष ऋण सुविधा उपलब्ध गराउने जनाएको छ ।
यस विशेष योजना नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) अटो शो र आउँदो चाडपर्वलाई मध्यनजर गरी ल्याइएको हो । बैंकले सहज प्रक्रिया मार्फत ऋण उपलब्ध गराउने बताएको छ । सीमित अवधिसम्म मात्र लागू हुने यो ऋण सुविधाले विद्युतिय सवारी साधन तथा त्यसको पारिस्थितिक प्रणालीलाई प्रवर्द्धन गर्ने बैंकको उद्देश्य रहेको छ ।
बैंकले नेपाललाई हरित र समृद्ध भविष्यतर्फ अघि बढाउने दृष्टिकोण अनुरूप ग्राहकमैत्री वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । सोही क्रममा भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शोको स्टल नम्बर ई–२४ मा वा नजिकैको एनएमबी बैंक शाखामा पुगेर थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।
ग्राहकलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउन बैंकका विज्ञ अफिसरहरु पनि अटो शोमा उपस्थित रहनेछन् । हाल एनएमबी बैंकले २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य