एनएमबी बैंकको खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ
जलसरोकार
काठमाडौँ : एनएमबी बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको नाफा घट्नुको मुख्य कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु हो । अघिल्लो वर्ष यस शिर्षकमा ३ करोड रुपैयाँ ‘रिभर्सल’ गरिएकोमा यस वर्ष ७१ करोड रुपैयाँ छुट्याइएको छ ।
यद्यपि बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ९९ करोड रुपैयाँ रहेको ब्याज आम्दानी यस वर्ष बढेर २ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९.९५ रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो २४.९५ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ रहेको छ।
निष्क्रिय कर्जा (एनपीएल) बढेर कुल कर्जाको ४.५८ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ३.६३ प्रतिशत थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ (प्रतिसेयर ८.०९ रुपैयाँ) रहेको छ भने बजार मूल्य प्रतिकित्ता २४२ रुपैयाँ कायम छ। बैंकको आधार दर एक वर्षको अवधिमा ७.४९ प्रतिशतबाट घटेर ५.८९ प्रतिशतमा पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य