एनएमबी बैंकको खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ
जलसरोकार
काठमाडौँ : एनएमबी बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको नाफा घट्नुको मुख्य कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु हो । अघिल्लो वर्ष यस शिर्षकमा ३ करोड रुपैयाँ ‘रिभर्सल’ गरिएकोमा यस वर्ष ७१ करोड रुपैयाँ छुट्याइएको छ ।
यद्यपि बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ९९ करोड रुपैयाँ रहेको ब्याज आम्दानी यस वर्ष बढेर २ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९.९५ रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो २४.९५ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ रहेको छ।
निष्क्रिय कर्जा (एनपीएल) बढेर कुल कर्जाको ४.५८ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ३.६३ प्रतिशत थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ (प्रतिसेयर ८.०९ रुपैयाँ) रहेको छ भने बजार मूल्य प्रतिकित्ता २४२ रुपैयाँ कायम छ। बैंकको आधार दर एक वर्षको अवधिमा ७.४९ प्रतिशतबाट घटेर ५.८९ प्रतिशतमा पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा