एनएमबी बैंकको लाभांश घोषणा
जलसरोकार
काठमाडौं: एनएमबी बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश रहनेछ ।
बैंकका अनुसार कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
हाल बैंकको सेयर मूल्य प्रतिकित्ता करिब २४० रुपैयाँमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य