एनएमबी बैंकको आईएफसी, बीएलएल र मेटलाइफसँग साझेदारी, नेपालमै पहिलो पटक ‘हरित बन्ड’ जारी गरिदै
जलसरोकार
काठमाडौं: एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आईएफसी, बीएलएल र मेटलाइफसँग साझेदारी गरेको छ । नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित ‘हरित बन्ड’ जारी गर्ने उद्देश्य साथ
बैंकले उक्त साझेदारीपत्रमा हस्ताक्षर गरेको हो ।
यस साझेदारी मार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
बन्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारीसाधन, हरित भवन निर्माण, बायोमास परियोजना जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरिने छ । यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयलले नवीकरणीय ऊर्जा लगायत क्षेत्रमा परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
साथै, उनले एनएमबी बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेश भित्र्याइ जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभाव न्यूनीकरण गर्न थप सहयोग पुग्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य