एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने
जलसरोकार
काठमाडौं : एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि NFC सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकद्वारा जारी विज्ञप्तिअनुसार उक्त सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरूलगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिने र उक्त सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ ।
सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवा लगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, ‘सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।’
सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।
यस सेवाको सुरुवातसँगै, एनएमबि बैंकले डिजिटल बैंकिङमा अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका थप प्रस्ट पारेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो