माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी
जलसरोकार
काठमाडौं : एनएमबि बैंक लिमिटेडले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुने २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्माणका लागि मन्दाकिनी हाइड्रोपावर लिमिटेडसँग वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता गरेको छ।
बैंकको एकल ऋण लगानी रहने यस आयोजनाको कुल अनुमानित लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहेको छ भने एनएमबि बैंकले ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ लगानी गर्नेछ।
सम्झौता कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले आयोजनालाई तोकिएको लागत र समयसीमाभित्र सम्पन्न गर्न आग्रह गरे। त्यस्तै, मन्दाकिनी हाइड्रोपावर लिमिटेडका अध्यक्ष शरद कुमार दाहालले वित्तीय सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै निर्धारित समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए। उनले आयोजनालाई अघि बढाउन स्थानीय सरकारसँग सहकार्य गर्ने पनि बताए।
यसअघि, सोही कम्पनीले प्रवर्द्धन गरेको ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना २०७४ मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादनमा रहेको छ। उक्त आयोजनामा पनि एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भएको थियो।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति अवलम्बन गर्दै, परियोजनाको सम्भावित असर व्यवस्थापनका लागि पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (ESMS) लागू गरिसकेको जनाएको छ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता