एनआईआईएफ–डोल्मा इम्प्याक्ट फन्ड साझेदारीमा ९० मेगावाट सौर्य ऊर्जा परियोजनामा लगानी
जलसरोकार
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फन्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ।
यो परियोजना हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फन्डसँग मिलेर अघि बढाएको हो ।
यस रणनीतिक साझेदारीले नेपालको बढ्दो ऊर्जा माग सम्बोधन गर्ने, आयातित इन्धनमाथिको निर्भरता घटाउने र देशको दिगो ऊर्जा भविष्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ। लगानी सम्झौता अनुसार एनआईआईएफले डोल्मा इम्प्याक्ट फन्ड–१ अन्तर्गत सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व किनेको छ ।
सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक (आईपीपी) हो, जसले तनहुँ चौतारास्थित ५ मेगावाटको सौर्य फोटोभोल्टाइक प्लान्ट सञ्चालन गर्दै आएको छ । कम्पनीका दुई सहायक कम्पनीमार्फत ९० मेगावाटको अन–ग्रिड सौर्य परियोजना विकासका लागि बोलपत्र जितेको छ ।
ग्लोबल इक्विटी फन्डले यसअघि २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी घाम पावर लगायत परियोजनामा पनि लगानी गरिसकेको छ । यस लगानीसँगै एनआईआईएफ नेपालमा सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य