एनआईआईएफ–डोल्मा इम्प्याक्ट फन्ड साझेदारीमा ९० मेगावाट सौर्य ऊर्जा परियोजनामा लगानी
जलसरोकार
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फन्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ।
यो परियोजना हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फन्डसँग मिलेर अघि बढाएको हो ।
यस रणनीतिक साझेदारीले नेपालको बढ्दो ऊर्जा माग सम्बोधन गर्ने, आयातित इन्धनमाथिको निर्भरता घटाउने र देशको दिगो ऊर्जा भविष्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ। लगानी सम्झौता अनुसार एनआईआईएफले डोल्मा इम्प्याक्ट फन्ड–१ अन्तर्गत सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व किनेको छ ।
सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक (आईपीपी) हो, जसले तनहुँ चौतारास्थित ५ मेगावाटको सौर्य फोटोभोल्टाइक प्लान्ट सञ्चालन गर्दै आएको छ । कम्पनीका दुई सहायक कम्पनीमार्फत ९० मेगावाटको अन–ग्रिड सौर्य परियोजना विकासका लागि बोलपत्र जितेको छ ।
ग्लोबल इक्विटी फन्डले यसअघि २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी घाम पावर लगायत परियोजनामा पनि लगानी गरिसकेको छ । यस लगानीसँगै एनआईआईएफ नेपालमा सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी