प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई हटाउँदै सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
जेन–जी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङले प्राधिकरणमा नेतृत्व परिवर्तन गर्दै सिलवाललाई नियुक्त गरेका हुन् ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवालले २०५१ सालमा पाँचौँ तहबाट प्राधिकरणमा सेवा प्रवेश गरेका थिए । इन्जिनियर सिलवाल १२ औँ तह (एमडी) पुगेपछि २०८१ माघमा अवकाश भएका थिए । उनले प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर लामो समय काम गरेका थिए ।
मन्त्री घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि सिलवाल उनको नजिकका सहयोगीका रूपमा काम गरेका थिए र घिसिङलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्