नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता उठाउने प्रक्रिया तत्काल अघि बढाइने
जलसरोकार
काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण समारोहलाई साधारण र सरल बनाएर उनले मन्त्रालय प्रवेश गरेका हुन् ।
पदभार ग्रहणसँगै मन्त्री घिसिङले पहिलो निर्णयसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने प्रक्रिया तत्काल अघि बढाइनेछ । उनले भने,“राज्यका संस्थामा बाँकी रहेका रकम असुलउपर नगरी नयाँ काम अघि बढाउन सकिँदैन, त्यसैले वक्यौतामाथि कडाइका साथ कार्यान्वयन सुरु गर्ने निर्णय गरिएको हो ।”
मन्त्री घिसिङले पदभार ग्रहणकै दिन अर्को महत्वपूर्ण घोषणा पनि गरे । उनले अबदेखि आफूलाई स्वागत गर्दा खादा, माला वा अबिर प्रयोग नगर्न सबैलाई अनुरोध गर्दै त्यसप्रकारको संस्कृतिलाई अन्त्य गर्नुपर्ने बताए । उनका अनुसार पद जिम्मेवारी हो, प्रदर्शन वा औपचारिक साजसज्जा होइन ।
घिसिङलाई मुलुकको ऊर्जा क्षेत्रको प्राविधिक दक्षता र इमानदार छविका कारण जिम्मेवारी दिइएको हो । उनले विगतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेर चर्चित योगदान दिएका थिए ।
उनी मन्त्री बनेसँगै ऊर्जा क्षेत्रमा सुधार, पारदर्शिता र कार्यक्षमता बढ्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित