नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता उठाउने प्रक्रिया तत्काल अघि बढाइने
जलसरोकार
काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण समारोहलाई साधारण र सरल बनाएर उनले मन्त्रालय प्रवेश गरेका हुन् ।
पदभार ग्रहणसँगै मन्त्री घिसिङले पहिलो निर्णयसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने प्रक्रिया तत्काल अघि बढाइनेछ । उनले भने,“राज्यका संस्थामा बाँकी रहेका रकम असुलउपर नगरी नयाँ काम अघि बढाउन सकिँदैन, त्यसैले वक्यौतामाथि कडाइका साथ कार्यान्वयन सुरु गर्ने निर्णय गरिएको हो ।”
मन्त्री घिसिङले पदभार ग्रहणकै दिन अर्को महत्वपूर्ण घोषणा पनि गरे । उनले अबदेखि आफूलाई स्वागत गर्दा खादा, माला वा अबिर प्रयोग नगर्न सबैलाई अनुरोध गर्दै त्यसप्रकारको संस्कृतिलाई अन्त्य गर्नुपर्ने बताए । उनका अनुसार पद जिम्मेवारी हो, प्रदर्शन वा औपचारिक साजसज्जा होइन ।
घिसिङलाई मुलुकको ऊर्जा क्षेत्रको प्राविधिक दक्षता र इमानदार छविका कारण जिम्मेवारी दिइएको हो । उनले विगतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेर चर्चित योगदान दिएका थिए ।
उनी मन्त्री बनेसँगै ऊर्जा क्षेत्रमा सुधार, पारदर्शिता र कार्यक्षमता बढ्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी